डोल्पाका नवजात शिशुको सेनाको हेलिकप्टरबाट उद्दार

जैतुन अनलाइन | २०८२ फाल्गुन ४ गते सोमवार

फागुन ०४,

डोल्पा : डोल्पामा जन्मिएको नवजात शिशुको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेना को हेलिकप्टरमार्फत आकस्मिक उद्दार गरिएको छ। २०८२ फागुन ४ गते बिहान ९ः५२ बजे सेनाको एनए–०५५ नम्बरको हेलिकप्टरबाट उद्दार गरिएकाे हाे ।

ठुली भेरी नगरपालिका–८ निवासी १८ वर्षीया करुणा डाँगीले जुफाल स्वास्थ्य चौकीमा शिशु जन्माएकी थिइन्। सुत्केरीपछि नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि डोल्पा जिल्ला अस्पताल, दुनैमा ल्याइएको थियो । जिल्ला अस्पतालले शिशुलाई सघन उपचार कक्षमा राख्नुपर्ने अवस्था रहेको भन्दै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको गरेपछि हेलिकप्टर मार्फत सुत्केरी सहित नवजात शिशुलाई सुर्खेत लगिएको जिल्ला अस्पताल डाेल्पाले जनाएकाे छ।